सिराहा प्रादेशिक अस्पतालमा आगलागी हुँदा डायलसिस गरिरहेका बिरामीको मृत्यु

सिराहा प्रादेशिक अस्पतालमा आगलागी हुँदा डायलसिस गरिरहेका बिरामीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ चैत्र २०७९
  • 2.9K
    Shares

सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागीका कारण एक जनाको मृत्यु भएको छ । सिराहाको बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको सिराहा प्रादेशिक अस्पतालमा भएको आगलागीमा परेर मृत्यु भएको हो।

प्राप्त जानकारी अनुसार,
डायालासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वाडमा भागाभाग मच्चिएको थियो । त्यस क्रममा डायालासिस गराइरहेका दासलाई रगतको कमी भएकाले रगत चढाइएको थियो ।

आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो । आगलागीको समयमा आठ बिरामीले डायालासिस गराइरहेका थिए । पहिलेदेखि सिकिस्त दासको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले जानकारी दिएका छन् । अरु वार्डमा पनि भर्ना भएका बिरामीहरुको भागभाग भएको थियो । डायालासिस, एचडियू, प्रसुति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए । यतिबेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपाल बाहिर रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार