सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्यूरोले झापा गाउँपालिका-६ बस्ने २० वर्षीय कादिर मोमिनलाई झापाबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए ।
कादिरले पीडित महिलाको फेसबुक वाल/टाइमलाइनमा अन्य महिलाको शरीर तस्वीरमा जोडेर अश्लील शब्द तस्वीर र भिडियो पोस्ट गर्नुका साथै टिकटकमा पनि सोही सामग्री राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ ।
पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्याद थप गरी आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।