सिस्नु टिप्न गएका दिदीबहिनी घर नजिकैको भीरमा मृत भेटिए

सिस्नु टिप्न गएका दिदीबहिनी घर नजिकैको भीरमा मृत भेटिए


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 4K
    Shares

१० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर

सिस्न टिप्न भनेर बुधबार साँझ घरबाट निस्किएका एकाघरका दिदीबहिनी घर नजिकैको भिरमा मृत भेटिएका छन। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मास्थित एकाघरका १० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर घर नजिकैको भिरमा मृत भेटिएका हुन्।

सिस्नो टिप्न भनेर बुधबार साँझ घरबाट निस्किएका दुवै जना दिदीबहिनीहरु त्यस दिन घर नफर्किए पछि खोजि गर्दै जाँदा भोलिपल्ट बिहान छ बजे घर देखि अन्दाजी एकसय मिटर तल भिरमा मृत भेटिएका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बालिकाको गरगहना लुटपाट गरी लुटेराले हत्या गरेको हुन सक्ने स्थानीयको आशङ्का छ ।

प्रतिक्रिया