ट्याक्टर घरमाथि खस्दा बागलुङमा मामा घर आएका एक युवकको मृत्यु

ट्याक्टर घरमाथि खस्दा बागलुङमा मामा घर आएका एक युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ चैत्र २०७९
  • 4.5K
    Shares

ट्याक्टर दुर्घटना

गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा बागलुङमा एक युवकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गमा गुडिरहेको ध १ त ६०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर गलकोट नगरपालिका–११ रिघा मनेवास्थित होमबहादुर सिंजालीको घरमा खस्दा २३ वर्षीय युवकको मृत्यु भएको हो।

घरमाथि खसेको ट्याक्टरले किच्दा मामाघर आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए।

खर्वाङदेखि हटियातर्फ आउँदै गरेको ध १ त ६०९ को ट्याक्टरले रोकिराखेको ग २ च ८३४८ नम्बरको कारलाई ठक्कर दिएपछि ट्याक्टर अनियन्त्रित भई सडकदेखि १५ मिटर तल रहेको घरमामाथि खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्याक्टरले सिंजालीको घरमा समेत क्षति पुगेको छ । घटनापछि ट्याक्टर चालक डिक्सन पुन फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार