दाङमा शिक्षकबाटै एसइई परिक्षा दिइरहेकी आवासीय नाबालिका छात्रा बलात्कृत

दाङमा शिक्षकबाटै एसइई परिक्षा दिइरहेकी आवासीय नाबालिका छात्रा बलात्कृत


  • जन संचार
  • बुधबार, २२ चैत्र २०७९
  • 3.1K
    Shares

पश्चिम दाङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिन गएकी बालिका आफूलाई पढाउने शिक्षकबाट बलात्कृत भएकी छिन् । शिवशक्ति माविमा कक्षा १० मा अध्यनरत १६ वर्षिया बालिका बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

सोही विद्यालयका शिक्षक शान्तिनगर गाउँपालिका-७ निवासी खुमान्नद पौडेलले १६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । गत सोमबार करिब ८ बजेतिर शान्तिनगर गाउँपालिका-७ स्थित शिवशक्ति माविको प्रशासकीय भवनको भर्‍याङमुनी बलात्कार गरेको बालिकाले आरोप लगाएकी छिन् ।

बालिका सोही विद्यालयमा आवासीय छात्राको रुपमा एसईई परिक्षा गरिरहेकी थिइन्।   बलात्कार आरोप लागेका पौडेल फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया