दाङमा आमाछोरा मिलेर बाबुको हत्या

दाङमा आमाछोरा मिलेर बाबुको हत्या


  • जन संचार
  • बुधबार, १५ चैत्र २०७९
  • 3.4K
    Shares

दाङमा आमाछोरा मिलेर बाबुको हत्या गरेका छन्। दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिए ।

३६ वर्षीया कमला सुनार र उनका छोरा १८ वर्षिय शिवराज सुनार मिलेर आफ्नै श्रीमान रेशम सुनारको हत्या गरेका प्रहरीले जानकारी दिएको छ। हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउ गरी सकेको छ ।

प्राप्त घटना विवरण अनुसार, सुनारको घरमा लामोसमयदेखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र मंगलबार पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यान गएको हुन सक्ने बताईएको छ । उनीहरुले रेशमलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अध्यक्ष पुनले जानकरी दिए ।

मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

प्रतिक्रिया