डोजरले फालेको ढुङ्गाले लागेर म्याग्दीमा घाँस काट्न गएका बृद्धको मृत्यु

डोजरले फालेको ढुङ्गाले लागेर म्याग्दीमा घाँस काट्न गएका बृद्धको मृत्यु


  • जन संचार
  • मंगलबार, १४ चैत्र २०७९
  • 5K
    Shares

सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर म्याग्दीमा शनिबार एक बृद्धको मृत्यु भएको छ । दरबाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले लागेर घाँस काट्न गएका धवलागिरि गाउँपालिका वडा नं ७ धारापानीका ६८ वर्षीय लालु थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार, धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका थापा साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । डोजरले फालेको ढुङ्गाले लागेका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ । मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यसै गरी प्राप्त अर्को एक जानकारी अनुसार, धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा आइतबार दिउँसो भिरबाट लडेर जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार