विद्यालयको पर्खाल भत्किदा बाजुरामा एक बालकको मृत्यु

विद्यालयको पर्खाल भत्किदा बाजुरामा एक बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ चैत्र २०७९
  • 2.5K
    Shares

विद्यालयको पर्खाल भत्किदा बाजुरामा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयको पर्खाल भत्किदा घाइते भएका सोहि बिद्यालयको कक्षा २ मा अध्ययनरत सात वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।

उनी बिहीबार परिक्षा दिएर घर फर्किदै गर्दा पर्खाल भत्किएर घाइते भएको बताइएको छ। घाइते उनलाई धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार