ठुलो मात्रामा लागू औषधसहित हमाल पोखराको कुडहरबाट पक्राउ

ठुलो मात्रामा लागू औषधसहित हमाल पोखराको कुडहरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ चैत्र २०७९
  • 3.6K
    Shares

पोखराबाट ठुलो मात्रामा लागू औषधसहित एक युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.१३ कुडहर बस्ने वर्ष ३० को कृष्ण हमाल ठुलो मात्रामा लागू औषधसहित पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले आइतबार दिउसो दुई बजे पक्राउ गरेको हो।

हमालको पोखराको कुडहरस्थित डेराकोठाबाट लागू औषध डाईजापाम दुईसय सात एम्पुल, फेनारगन दुइसय सात एम्पुल र
नुफिन दुईसय सात एम्पुल गरी जम्मा छसय २१ एम्पुल लागू औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अभियुक्त हमाललाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार