जिल्ला प्रहरी कार्यालय कास्कीले बालयौन दुरुपयोग मुद्दामा एक जनाल बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार १४ वर्षकी बालिकाले आफूमाथि बाल यौन दुरुपयोग भएको भनि सामाजिक सञ्जालमा अपलोड गरेको घटनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
पीडित र निजको अभिभावकसंग सम्पर्क गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
पीडित पक्षबाट बाल यौन दुरुपयोग शीर्षकमा जाहेरी दिएपश्चात् कानूनको विवादमा परेका बालकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य अद्धि बढाइएको प्रहरीले जनाएको छ ।