चट्याङ लागेर अछाममा गोठाला घाइते, नौ वटा बाख्रा मरे

चट्याङ लागेर अछाममा गोठाला घाइते, नौ वटा बाख्रा मरे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ चैत्र २०७९
  • 5.6K
    Shares

अछाममा चट्याङ लागेर नौवटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बाख्रा चराउन गएकि बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका छन्।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ। स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार