धनगढीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार : दुई किशोर पक्राउ

धनगढीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार : दुई किशोर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 3.2K
    Shares

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा १३ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ । ढिलोगरी सार्वजनिक भएको घटना अनुसार, धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि फागुन १७ गते सामूहिक बलात्कार भएको

प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले पीडितका परिवारले उजुरी दिएपछि १६ र १७ वर्षका किशोरलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार बुधबार दुवै जनाविरुद्ध जबरजस्तीकरणी कसुरमा मुद्दा दर्ता गरेर बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

घटनाका अभियुक्त समेत नाबालक भएकाले प्रहरीले उनीहरुको परिचय गोप्य राखेका छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार