बाग्लुङमा ६५ वर्षीया बृद्धाको हत्या : गरगहना लुटपाट

बाग्लुङमा ६५ वर्षीया बृद्धाको हत्या : गरगहना लुटपाट


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ फाल्गुन २०७९
  • 5.7K
    Shares

बागलुङ्ग गल्कोट ९ कि बेलाकुमारी गौतमको हत्या आरोपी इन्द्रबहादुर श्रेष्ठ

बाग्लुङमा ६५ वर्षीया एक बृद्धाको हत्या गरे गरगहना लुटपाट गरिएको छ। बाग्लुङको गल्कोट नगरपालिका वडा नम्बर ९ अम्मरबसेकि ६५ वर्षीया बेलकुमारी गौतमको गएको फागुन १९ गते राती आठ बजेर २० मिनेटमा हत्या गरी उनले लगाएका गरगहना लुटपाट गरिएको हो।

प्रहरीका अनुसार, उक्त दिन घरदेखि अन्दाजी छसय मिटर पूर्व पाण्डुकेशरी वनको गोरेटो बाटोको ६० मिटर तल भीरमा सालको रुखको फेदमा बेलकुमारी गौतमको लाश फेला परेको थियो। गौतमको लाश फेला परेपछि अनुसंधान शुरु गरेको प्रहरीले गल्कोट ९ चुन्दाराटोल बस्ने ३४ वर्षीय इश्वर भन्ने इन्द्रबहादुर बिकलाई पक्राउ गरेको छ।

अहिले प्रहरीको हिरासतमा रहेको बिकले ६५ वर्षीया बृद्धा बेलकुमारी गौतमको पछाडिबाट चिउड़ो र घाँटीमा समाती मुन्टो बटारेर हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका छन्।

प्रहरीले अभियुक्त बिकलाई जिल्ला अदालत बागलुङमा उपस्थित गराई कर्तब्य ज्यान सम्बन्धि मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार