पोखरा २० मा खप्तडी बस्नेतहरुको भेला सम्पन्न, बने विभिन्न समिति

पोखरा २० मा खप्तडी बस्नेतहरुको भेला सम्पन्न, बने विभिन्न समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० फाल्गुन २०७९
  • 6.1K
    Shares

पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा रहेका खप्तडी बस्नेतहरुको भेला शनिबार सम्पन्न भएको छ। सो भेलाले केशर बहादुर बस्नेतको अध्यक्षतामा प्तडी बस्नेत पोखरा २० समिति गठन गरेको छ।

उक्त समितिको उपाध्यक्षमा मोहन बस्नेत, सचिवमा दिनेश बस्नेत,कोषाध्यक्षमा रमन बस्नेत, सह–सचिवमा सुस्मीता बस्नेत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा प्रतिक्षा बस्नेत, नारायण बस्नेत र सल्लाहाकारहरूमा क्रमशं संस्थापक अध्यक्ष भरत बस्नेत, प्रेम बहादुर बस्नेत र हिम बस्नेत चयन भएका छन् ।

सोही भेलाले खप्तडी बस्नेत कूल वंश प्रतिष्ठान उप समिति समेत गठन गरेको छ । प्रतिष्ठानको संयोजकमा हिम बस्नेत, सदस्यहरुमा भरत बहादुर बस्नेत, गणेश बस्नेत, दिवेश बस्नेत, सुस्मीता बस्नेत रहेका छन् । त्यस्तै उक्त भेलाले बस्नेत कूल वंश प्रतिष्ठानको विधान मस्यौदा तयार गरि कानुन बमोजिम दर्ता प्रकिृया जाने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार