गोरखाका कृष्णबहादुर गुरूङ काठमाण्डौमा पक्राउ परेका छन् । गोरखाको आरुघाट गाउँपालिका-५ घर भईं हाल काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २७ वर्षीय गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो ।
गुरूङले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी चेक दिएको भन्दै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उच्च अदालत, पाटनको २०७९ साल माघ २४ गते बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएका उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु पठाइएको छ ।