लागूऔषध ब्राउन सुगर सहित पोखराबाट दुई युवा पक्राउ

लागूऔषध ब्राउन सुगर सहित पोखराबाट दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ फाल्गुन २०७९
  • 4.2K
    Shares

ब्राउन सुगरसहित पक्राउ

अबैध लागू औषध लागूऔषध ब्राउन सुगर सहित पोखराबाट दुई युवा पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्गबाट लागूऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको हो।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका युवाहरुमा पोखरा महानगरपालिका वडा न. ९ घर भै हाल पोखरा १३ चिसापानीमार्गमा डेरा गरी बस्ने वर्ष २६ को आशिष थकाली र स्याङजाको पुतलिबजार नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल पोखरा १३ चिसापानी मार्ग बस्ने वर्ष २७ सुमन गुरुङ रहेका छन।

उनीहरुको शरीर तथा डेराकोठा खानतलाशी गर्दा प्रहरीले लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु एक थान र मोवाईल दुई थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार