पोखरामा आइतबार दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको छ। कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको थियो।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि यहाँको कुनै क्षेत्रमा असिना समेत पर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्याएको छ।
बिहीबार परेको असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२ मालमुलफाँट र भरतपोखरी लगायत क्षेत्रमा पाक्न लागेको हिउँदे खेतीलाई नोक्सान पुर्याएको थियो।
असिनाले गरेको क्षतिबारे बुझ्ने क्रममा रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए।
वर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिए।