पर्यटकीय नगरी पोखराबाट एक जना वडाध्यक्षको मोटरसाइकल चोरी भएको छ। गएको शुक्रबार राति पोखरा महानगरपालिका वडा नम्बर ५ जिरोकिमीकबाट कास्कीकै अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङको १९० सिसीको पल्सर मोटरसाइकल चोरी भएको हो ।
आफ्नो ग८प १३२ नम्बरको १८० सीसीको रातो पल्सर मोटरसाइकल राखेर नजिकै आफन्तको घरमा बसेका वडाध्यक्ष गुरुङले भोलिपल्ट शनिबार बिहान हेर्दा आफ्नो मोटरसाइकल नदेखे पछि मात्र चोरी भएको थाहा पाएका बताइएको छ।
जिरोकिमीमा चौबिसै घण्टा सुरक्षाकर्मी रहने गर्दछन् । चोकमा सिसिटिभि र झलमल्ल बत्ति पनि राखिएको छ । यस्तो सुरक्षित घेराबाटै मोटरसाइकल चोरी हुनु विडम्वना भएको पिडित वडाध्यक्ष गुरुङ बताउँछन् । मोटरसाइकल चोरी भएको सिसिटिभिमा पनि नदेखिएको उनले बताए ।