पोखराको चाउथे स्थित एक फर्निचरमा आगलागी हुँदा दुइ जना घाइते

पोखराको चाउथे स्थित एक फर्निचरमा आगलागी हुँदा दुइ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 25.8K
    Shares

चाउथे फर्निचर उद्यिगमा आगलागी

पोखराको चाउथेमा रहेको पाल्पा भैरव फर्निचरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने करोडौँको क्षति भएको छ ।

बुधबार राति भएको आगलागीबाट फर्निचरमा ठूलो क्षति पुगेको छ । जस्ताको टहरा मुनि सञ्चालन गरिएको फर्निचरमा आगलागीबाट फर्निचर, प्लाइउडका सामान र मेसिनरी सामानसमेत नष्ट भएको छ ।

आगलागीबाट करिब ३ करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागी कसरी शुरु भयो भन्ने भने खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार