जनयुद्ध दिवसको दिनमा बीरेन्द्रनगर तनावग्रस्त

जनयुद्ध दिवसको दिनमा बीरेन्द्रनगर तनावग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ फाल्गुन २०७९
  • 12.5K
    Shares

जनयुद्द दिवसको दिनमा बिरेन्द्रनगर तनावग्रस्त

वीरेन्द्रनगर सोमबार बिहानैदेखि तनावग्रस्त छ ।

बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा बसको ठकरबाट  मृत्यु भएको थियो ।

बाख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला  प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।

सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् ।

झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् ।

डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।

२०५२ फागुन १ गते देखि जनयुद्द शुरु गरेको स्मरण गर्दै मावोवादीहरुले आजको दिनलाई जनयुद्द दिवसको रुपमा मनाउदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार