पोखराको महेन्द्रपुलबाट कार झन्डै सेती नदीमा खसेन, पैदलयात्री आमाछोरा घाइते

पोखराको महेन्द्रपुलबाट कार झन्डै सेती नदीमा खसेन, पैदलयात्री आमाछोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ माघ २०७९
  • 11.6K
    Shares

पोखराको मुख्यचोक महेन्द्रपुलमा कार दुर्घटनाग्रस्त हुँदा पैदलयात्री आमाछोरा घाइते भएका छन्। महेन्द्रपुलको पुलमै ग ३ च २६६२ नम्बरको कार अनियन्त्रित भै ठक्कर दिँदा आमाछोरा घाइते भएका हुन्।

कारको ठक्करबाट पैदलयात्री रहेका म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ३ घर भएका फुलमाया विक र उनका छोरा १८ वर्षीय विष्णु विक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ग्यान बहादुर खड्काले जानकारी दिए।

आमा गम्भीर घाइते भएपनि छोराका अवस्था सामान्य छ । उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक खड्काले बताए ।

अनियन्त्रित उक्त कार पुलको बाराकाकारण सेती नदीमा नखसेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार