बालिका बलात्कार गरेको आरोपमा गोरखाबाट पोखरेल पक्राउ

बालिका बलात्कार गरेको आरोपमा गोरखाबाट पोखरेल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ माघ २०७९
  • 3.4K
    Shares

१२ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउँपालिका-४ आरुबोटका ६० वर्षीय रमेश पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो ।

बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रबार आरोपितविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार