श्रीमतीको मुटु दुखेर घोराही उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको भनेर प्रहरीलाई खबर गरेका एक व्यक्ति
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
रोल्पाको लुङरी गाउँपा लिका ६ घर भई हाल दाङको घोराही उपमहानगरपालिका १९ मलार बस्दै आएका ४९ वर्षीय कृतीमान बुढाथोकीलाई प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
कुटपिट गरेर श्रीमतीको हत्या गरेका उनले प्रहरीलाई मुटु दुखेर घोराही उपचार गराउन लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भनी झुठो विवरण दिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन गौतमले माघ २१ गते कुटपिट गरि हत्या गरेको बताएका छन ।
बुढाथोकीले २२ गते एक्कासि श्रीमतीको मुटु दुखेर उपचार गराउन जाँदै गर्दा मृत्यु भएको प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीले लासको अबस्था,घटनास्थलको प्रकृति लगाएतका बिभिन्न पक्षहरुको अध्ययन गर्दा घटना शंकास्पद देखिएकाले मृतकको श्रीमान कृतिमान बुढाथोकीलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको थियो।
उनले माघ २१ गते राति कुटपिट गरी हत्या गरको देखिएको हुदा कृतिमान बुढाथोकीलाई सम्मानित दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी बताएको छ।