फागुन ४ देखि १४ गतेसम्म काहुँ धरहरामा महोत्सव हुँदै

फागुन ४ देखि १४ गतेसम्म काहुँ धरहरामा महोत्सव हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ माघ २०७९
  • 4.9K
    Shares

काहुँ धरहरामा महोत्सव

काहुँ डाँडाको पर्यटन प्रवद्र्धन गर्न काहुँ धरहरा महोत्सव हुने भएको छ । फागुन ४ गतेदेखि फागुन १४ गतेसम्म महोत्सव गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक देवबहादुर गुरुङले जानकारी दिए । महोत्सवमार्फत् त्यस क्षेत्रको विकास गर्दै ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास गर्ने सकिने जनकल्याण क्लबका अध्यक्षसमेत रहेका गुरुङले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रसार गरी काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धिले जनस्थरको आर्थिक विकासमा सहयोग पुग्ने उनको धारणा छ । महोत्सव अवधिभर ५० हजार दर्शकले महोत्सव अवलोकनका साथै यहाँको राष्ट्रिय फूल लालीगुँरासलगायत हिमशृंखलाको दृश्यावलोकन गर्ने आयोजकले बताएको छ ।

महोत्सवमा दृश्यवालकनको साथसाथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ । महोत्सवमा करिब ५२ लाखको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । ४६ लाख ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । महोत्सवबाट प्राप्त आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहाय विद्यार्थीलाई सहयोग गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार