जिल्ला अदालत तनहुँले नाबालिका बलात्कारको अभियोगमा एक अभियुक्तलाई जन्मकैद फैसला सुनाएको छ।
विसं २०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीन जना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले २०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो। सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ।
मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।