बालिका जबर्जस्ती करणी आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर १५ बर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्।
उनलाई बुधबार साँझ ६ बजे पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।