एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिने

एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिने


  • जन संचार
  • बिहिबार, १९ माघ २०७९
  • 4.4K
    Shares

एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिने

companion mode नामक फ़िचरको सहयोगले प्रयोगकर्ताले आफ्नो एउटा ह्वाट्सएप अकाउन्टलाई अरु डिभाइसहरुमा पनि लगइन गर्न  गर्न सक्ने भएका छन् ।

यसअघि ह्वाट्सएप प्रयोगकर्ताहरुले आफ्नो ह्वाट्सएप अकाउन्टलाई स्मार्टफोनसँगै एउटा डेस्कटपमा पनि जोड्न सक्दथे ।

यो फिचरको सहयोगले एउटा नम्बरको ह्वाट्सएप अकाउन्टलाई एकसाथ चारवटा डिभाइसमा चलाउन सकिन्छ । यद्यपि यो फिचरको बेटा भर्सन तत्कालका लागि केही एन्ड्रोइड प्रयोगकर्तालाई मात्र उपलब्ध गराइएको छ ।

जब तपाईंले आफ्नो फोनमा ह्वाट्सएप इन्स्टल गर्नुहुन्छ तब क्यूआर कोडबाट आफ्नो अकाउन्टलाई अर्को डिभाइसमा पनि लिंक गर्ने विकल्प उपलब्ध हुन्छ । यसका लागि ह्वाट्सएप विन्डोको दायाँ माथिपट्टि रहेको तीनथोप्ले मेन्यूमा ट्याप गर्नु पर्दछ ।

दुईवटा डिभाइसमा आफ्नो ह्वाट्सएप अकाउन्ट जोड्नका लागि के गर्ने ?

  • आफ्ना दुबै डिभाइस (कम्प्युटर र मोबाइल फोन) मा ह्वाट्सएपको सबैभन्दा पछिल्लो बेटा भर्सन इन्स्टल गरी साइनअप गर्नुहोस् ।
  • त्यसपछि लगइन गरी माथिपट्टिको दायाँ कुनामा रहेको तीनवटा थोप्लायुक्त मेन्युमा जानुहोस् ।
  • त्यसपछि companion mode मा रहेको Link a Device अप्सनमा थिच्नुहोस् । यसो गर्दा क्यूआर कोड सिर्जना हुन्छ ।
  • त्यसपछि दोश्रो डिभाइसको ह्वाट्सएपभित्र Link a Device मा जानुहोस् र पहिलो डिभाइसको क्यूआर कोड स्क्यान गर्नुहोस्
  • त्यसपछि च्याटहरु सिंक भएसँगै तपाईंको ह्वाट्सएप अकाउन्ट ती दुबै डिभाइसमा लिंक हुन्छ ।

 

प्रतिक्रिया