कांग्रेसका नेता श्रेष्ठको ४७ वर्षको उमेरमा निधन

कांग्रेसका नेता श्रेष्ठको ४७ वर्षको उमेरमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ माघ २०७९
  • 4.3K
    Shares

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल किसान संघका केन्द्रीय सदस्य अमृत श्रेष्ठको मंगलवार साँझ निधन भएको छ । सोमवार साँझ करिब ६ बजे अचानक बिरामी भै उपचारार्थ मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा उपचार हुँदा हुँदै बुधवार साँझ उनको निधन भएको हो ।

४७ वर्षिय श्रेष्ठ पोखरा महानगरपालिका वडा नं १ सिम्पानी निवासी ४७ वर्षीय श्रेष्ठका बुवा,आमा श्रीमती, एक छोरी र एक छोरा छन ।

प्राप्त जानकारी अनुसार, सोमवार साँझ करिब ६ बजेतिर साथीहरुसहित नालामुख नजिकै एक रेष्टुरेन्टमा खाजा खान बसे लगत्तै “टाउको दुख्यो” भनेका श्रेष्ठले वान्ता गरेका र बाथरुममा गएका थिए । बाथरुमबाट ५/७ मिनेटमा पनि नफर्किएपछि हेर्न जांदा उनी बाथरुममै बान्ता गरेर बेहोस भई लडेको अवस्थामा भेटिएको खाजा खान संगै बसेका साथी प्रमोद कोईरालाले जानकारी दिएका छन ।

उनको उपचारमा संलग्न डा. बालगोपाल कर्माचार्य र डा अनमोल पौडेलले मष्तिष्कमा अत्यधिक रक्तस्राव भएर रगत जमेको कारण ब्रेनले काम गर्न नसक्दा स्वास्थ्य अवस्था जटिल रहेको जानकारी दिएका थिए। मंगलवार साँझ पख उनलाई भेन्टिलेटरबाट निकाले लगत्तै डाक्टरले उनको निधन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार