कसले चोर्यो, मुस्ताङ सदरमुकाम जोमसोमस्थित घरपझोङ गाउँपालिकाबाट दुई वटा स्मार्ट टेलिभिजन ?

कसले चोर्यो, मुस्ताङ सदरमुकाम जोमसोमस्थित घरपझोङ गाउँपालिकाबाट दुई वटा स्मार्ट टेलिभिजन ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ माघ २०७९
  • 5.6K
    Shares

घरपझोङ गाउँपालिका

हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमस्थित घरपझोङ गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनबाट दुई वटा स्मार्ट टेलिभिजन चोरी भएको छ।

गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनस्थित सभाहलको ताला फोडेर भित्र पसेर सभाहलमा स्टोर गरी राखिएको ५० इन्चको दुई थान स्मार्ट टिभी चोरी गाउँपालिकाका प्रशासन प्रमुख केदारसिंह थापाले जानकारी दिए । चोरी भएको टिभीको मूल्य प्रतिथान ९० हजार रहेको प्रशासन प्रमुख थापाले बताए।

गाउँपालिकाकी जिन्सी इकाई प्रमुख सविना थकालीले माघको ६ गते स्टोर अनुगमन गर्दा टिभी लगायतका सामग्री सुरक्षित रहेको थियो। माघ १० गते प्रशासन प्रमुख निर्माणधिन पालिकाको सभाहलमा पुग्दा ढोकाको ताला फोरिएको अवस्थामा थियो। सोही क्रममा दूई वटा स्मार्ट टेलिभिजन चोरी भएको आशंका गरिएको छ।

यसैबीच गाउपालिकाले उक्त चोरीका लागि छानबिन गर्न माग राखेर जिल्ला प्रहरी कार्यालय मुस्ताङमा निवेदन दिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार