ड्युटीमा बसेको प्रहरीलाई हात भाँचिदिएका पोखराका एक व्यवसायी २८ सय जरिवानामा छुटे

ड्युटीमा बसेको प्रहरीलाई हात भाँचिदिएका पोखराका एक व्यवसायी २८ सय जरिवानामा छुटे

  • जन संचार
  • सोमबार, १६ माघ २०७९
  • 68.4K
    Shares

ड्युटीमा बसेको प्रहरीलाई हात भाँचिदिएका पोखराका एक व्यवसायी २८ सय जरिवानामा छुटे

प्रहरी हवल्दारको हात भाँचेको आरोपमा पक्राउ परेका पोखराका अटो व्यवसायी सौरभ थापा दुई हजार आठसय रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।

अभद्र मुद्दामा पक्राउ परेका उनलाईज् जिल्ला प्रशासन कार्यालय कास्कीले २ हजार ८०० रुपैयाँ जरिवानामा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए ।

गत बिहीबार राति ३ बजे पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको प्रहरीको भनाइ छ ।

रक्सीले मातेर गाडी चलाएका थापालाई रामबजारमा प्रहरीले रोके पनि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर हानेको प्रहरीले बताएको थियो ।

प्रतिक्रिया