पोखरामा आइतबार आगलागीबाट घाइते भएकी संगीता सापकोटाको मत्यु भएको छ ।
पोखरा महानगरपालिका १३ काहुँखोलास्थित संगीताको घरमा पुस्तक पसल गर्दै आइरहेका कृष्णबहादुर क्षेत्रीले आफ्नो शरिरिमा पेट्रोल छर्केर आगो लगाई आत्महत्या प्रयास गरेका पछी कृष्णलाई बचाउने क्रममा घाईते सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
डा. खत्रीका अनुसार आत्महत्या प्रयास गर्ने क्षेत्रीको उपचार भैरहेको र उनको अवस्था सुधारोन्मुख छ ।