स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बिहीबार साँझ ६ः३० बजे ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको हो।
बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई उक्त बसले ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए ।
ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।