बैंकमा जम्मा गर्न भनी पठाएको रकम लिएर भागेका वीरगञ्जस्थित एक मनीट्रान्सफर कम्पनीमा तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
बैंकमा जम्मा गर्न भनि पठाएको रकम लिएर भागेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रा.लिमा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो।
रकम ठगी गरेको आरोपमा वीरगञ्ज वडा नं १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।
मनीट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि बिकास बैकमा जम्मा गर्न लगाएको चार लाख १४ हजार आठसय रुपैयाँ लिएर फरार भएको प्रहरीको आरोप छ । उनीहरुको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।
पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको छ भने पर्सा जिल्ला अदालतले घटनाबारे थप अनुसन्धान गर्न ४ दिनको म्याद अनुमति दिएको प्रहरीले जनाएको छ ।