लमजुङ मध्यनेपालका १७ वर्षीय ठिटाले बनाए इ–स्कुटर

लमजुङ मध्यनेपालका १७ वर्षीय ठिटाले बनाए इ–स्कुटर


  • जन संचार
  • बुधबार, ११ माघ २०७९
  • 5.1K
    Shares

लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ८ डढुवाका १७ बर्षिय अविनाश गुरुङले विद्युतीय स्कूटर बनाएर सबैलाई चकित बनाएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ६ भोर्लेटारको ईशानेश्वर माविमा कक्षा १२ मा अध्ययन गर्छन् गुरुङ । सानैदेखि विज्ञानमा रुचि राख्ने उनले आफ्नै एकल मेहनेतले विद्युतीय स्कुटर बनाएका हुन् ।

ईशानेश्वर माविमा बाली विज्ञान लिएर अध्ययन गर्दै आएका उनले ६ महिना अघि नै यो स्कुटर बनाएका हुन् । स्कूटर बनाउन उनलाई एक महिनाको समय लागेको थियो । “दिउसो विद्यालय जानु पर्‍यो, बिहान बेलुका यसो फुर्सद मिलाएर स्कुटर निर्माण गरेको हूँ ।” उनी भन्छन् ।

स्कुटर निर्माण गर्न अविनाशले ५५ हजार रुपैयाँ मात्र खर्चिएका छन् । उनको स्कुटरमा २४ भोल्टको ब्याट्री र २ सय ५० वाटको मोटर प्रयोग भएको छ । ८० केजीसम्मको तौल धान्ने स्कुटरले एकपटको फुलचार्जले ४ किलोमिटरसम्म गुड्न सक्छ । ब्याट्री अलि धेरै पावरको जडान गर्ने हो भने थप दुरी पार गर्न सकिने उनको भनाइ छ ।

अविनाश अहिले आफैले बनाएको त्यही स्कुटर चढेर विद्यालय आउजाउ गर्छन् । उनको स्कुटर देखेर साथीहरु मात्र होइन, शिक्षक तथा भोर्लेटारका बासीन्दासमेत चकित पर्ने गरेका छन् । ईशानेश्वर माविका शिक्षक रमेशचन्द्र घिमिरे भन्छन्- “अविनाश सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्थे । विद्यालयमा उनले यसअघि हाइड्रोलिक डोजर, रोबोट, रकेट, स्मार्ट डस्टबिन लगायतका थुप्रै कुरा बनाएर विद्यालयमा प्रदर्शनसमेत गरेका छन् । उनले शक्तिशाली देशहरुले अन्तरिक्षमा पठाउने यानजस्तै रकेट बनाएर त्यसको सफल प्रयोगसमेत गरेका थिए । उनको प्रतिभा देखेर विद्यालयका शिक्षकहरुसमेत दंग छन् ।” शिक्षकहरुकै उत्पे्ररणा र सहयोग अनि आफ्नो लगनशीलताले यतिको सफलता हात लागेको अविनाशको भनाइ छ ।

ई-स्कटुर बनाउने सोचका बारेमा उनी भन्छन्-, ‘पछिल्लो समय डिजल, पेट्रोलको भाउ बढ्दो र विद्युतीय सवारी साधनको माग बढ्दो रहेका बेला र वातवार मैत्री पनि भएकाले विद्युतीय स्कुटर निर्माणमा आफू लागि परेको उनले सुनाए ।

डढुवाका आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा हुन् अविनाश । छोराको काम देखेर बाबुआमा पनि निकै सन्तुष्ट र खुशी छन् । छोराले अझै धेरै प्रगति गरिदिए हुन्थ्यो भन्छन् उनीहरु । धेरैले छोराको कामको सरहना गर्दै स्याबासी दिएपछि उनीहरुको खुशीको सीमै छैन । विद्यालयका शिक्षकहरु पनि आफ्ना छात्राका लगनशीलता र प्रतिभा देखेर दंग परेका छन् ।

प्रतिक्रिया