लमजुङ मामाघर बस्दै आएकी बाँकेकी बालिका मर्स्याङ्दी नदीको पुलमुनि मृत भेटिइन्

लमजुङ मामाघर बस्दै आएकी बाँकेकी बालिका मर्स्याङ्दी नदीको पुलमुनि मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ माघ २०७९
  • 5.5K
    Shares

मर्स्याङ्दी नदी

लमजुङको बेंसीसहरस्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ। बेंसीसहर नगरपालिका वडा नम्बर ८ र १० को बाँझाखेत जोड्ने पुल नजिकै करिब ८/९ वर्षीय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए।

रेग्मीकाअनुसार मृत अवस्थामा फेला परेकी बालिका बाँकेको वैद्यनाथ गाउँपालिका-६ माखोला स्थायी ठेगाना भएकी युजिमा बुढाथोकी हुन्। उनी हाल बेसीशहर नगरपालिका -६ चनौटे स्थित मामाघरमा बसोबास गर्दै आएकी थिइन। बालिका र उनका भाइ मामाघरमा बस्दै आएको चनौटेका बासिन्दाले बताएका छन्।

उनी चनौटेगाउँस्थित चनौटे प्रावि १ मा अध्ययनरत रहेको स्थानीयले जानकारी दिए। स्थानीय बासिन्दाका अनुसार बालिका विद्यालयमा पढेर घर फर्किएकी थिइन्। घर नजिकै पुगेर उनी नदीतिर खेल्न गएको र मस्र्याङ्दीले बगाएको हुनसक्ने स्थानीयले बताए। उनको विद्यालयको झोला घर नजिकै खरबारीमा भेटिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार