साढे १५ किलो अबैध लागू औषध चरेससहित कन्चनपुरबाट धामी पक्राउ

साढे १५ किलो अबैध लागू औषध चरेससहित कन्चनपुरबाट धामी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ माघ २०७९
  • 6.6K
    Shares

साढे १५ किलो चरेससहित पक्राउ परेका करन धामी

साढे १५ किलो अवैध लागू औषध चरेससहित प्रहरीले कन्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेस सहित बझाङको केदारस्युँ गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४० को करन धामीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले जानकारी दिए ।

प्राप्त बिशेष सुचनाका आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले धामीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकालाई कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको डिआइजी सिंहले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार