ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु

ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ माघ २०७९
  • 3.4K
    Shares

कञ्चनपुरमा शनिबार साँझ ट्याक्टरको ठक्करबाट २३ वर्षीया युवतीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा पश्चिमबाट पूर्वतर्फ आइरहेको म २ त १०३५ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिदा २३ वर्षीय युवतीको मृत्यु भएको हो।

शनिबार करिब ५ बजेतिर ट्याक्टरले ठक्कर दिँदा साइकलमा यात्रारत बेदकोट नगरपालिका–१ कि २३ वर्षीया तारा मल्लको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार मृतकको झोला भित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ। त्यसमा ठेगाना बेदकोट नगरपालिका–१ लेखिएको छ। परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको लालपुरस्थित प्रहरी चौकीका सई रामसिंह धामीले जानकारी दिए। ‘चालक पक्राउ परेपछि के कसरी घटना भएको हो, थाहाँ हुन्छ,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार