गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पुस २९लिने

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पुस २९लिने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ पुष २०७९
  • 3.8K
    Shares

गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ मा बिश्वासको मत लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।

मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए ।

नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले,नेकपा माओवादी, राप्रपा,एकीकृत समाजवादी र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार