चितवनमा श्रीमान श्रीमती मृत फेला परे

चितवनमा श्रीमान श्रीमती मृत फेला परे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ पुष २०७९
  • 5.3K
    Shares

चितवनमा श्रीमान श्रीमती मृत फेला

चितवनको भरतपुर महानगरपालिका-२९ खेतबारी भन्ने ठाँउमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि २७/२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए ।

प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार