झन्डै साढे तीन किलो लागू औषध चरेससहित पोखराबाट एक युवा पक्राउ परेका छन्। रुकुम(पूर्व)को पुथा उत्तर गंगा गाँउपालिका वडा नं.१२ घर भएका वर्ष ३५ का बीरेन शाही झन्डै साढे तीन किलो लागू औषध चरेससहित पोखराबाट पक्राउ परेका हुन्।
शाहीलाई वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शाहीलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी गर्दा साथमा रहको झोलाबाट लागू औषध चरेश तीन किलो तीनसय ग्राम र मोवाईल थान-१ बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ।
अभियुक्त शाहीबिरुद्ध लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले बताएको छ ।