बिजुलीको हाईटेन्सन लाईनको करेण्ट लागेर पोखरामा आज एक युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१६ माथिल्लो दिप बस्ने वर्ष १९ को श्रम गुरुङको बिजुलीको हाईटेन्सन लाईनको करेण्ट लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार, साढे दुई तला रहेको आफ्नै घरको छतमा गएको बेला अचानक हाईटेन्सन लाईनको करेण्ट लागेको प्रहरीले जानकारी दिएको छ। करेन्ट लागेर सख्त घाइते भएको भनिएका गुरुङलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ।