कम्पनीको लागत घटाउने भन्दै अमेजनका १८ हजार कर्मचारीलाई कामबाट हटाइदै

कम्पनीको लागत घटाउने भन्दै अमेजनका १८ हजार कर्मचारीलाई कामबाट हटाइदै


  • जन संचार
  • बिहिबार, २१ पुष २०७९
  • 9.1K
    Shares

अमेजनका १८ हजार कर्मचारीलाई कामबाट हटाइदै

ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारी हटाउने घोषणा गरेको छ।

अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीको नाममा लेखेको नोटमा यो जानकारी दिएका छन्। उनले आउँदो जनवरी १८ देखि प्रभावित कर्मचारीले सूचना पाउन थाल्ने बताए।

अमेजनले नोभेम्बरमा लागत घटाउनका लागि आफ्ना केही कर्मचारीहरूलाई निकाल्ने जानकारी दिएको थियो। कुल तीन लाख कर्मचारी मध्ये १८ हजार निकाल्ने बताइएको छ।

यस कदमबाट प्रभावित कर्मचारीलाई मद्दत गर्ने, आर्थिक सहायता र संक्रमणकालीन स्वास्थ्य बीमाका साथै अन्य कम्पनीहरूमा काम खोज्नका लागि सहयोग समावेश गर्ने प्याकेज प्रस्ताव गरिरहेको एन्ड्रीले भने ।

विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनको व्यापार विश्वका धेरै देशहरूमा फैलिएको छ। यसको अमेरिका तथा भारत र युरोपसम्म सबै देशमा कार्यालय र कर्मचारी छन्।

तर कम्पनीले अहिलेसम्म कुन कुन देशमा आफ्ना कर्मचारीहरूलाई यो कदमले असर पार्छ भन्ने कुरा बताएको छैन।

 

 

प्रतिक्रिया