प्रश्न गर्न जान्नोस जुनसुकै जवाफ दिन्छ ‘च्याट जिपिटी’ले, हामीले सोचे अनुरूपको चित्र समेत बनाइदिन्छ निर्देशन पाएपछि

प्रश्न गर्न जान्नोस जुनसुकै जवाफ दिन्छ ‘च्याट जिपिटी’ले, हामीले सोचे अनुरूपको चित्र समेत बनाइदिन्छ निर्देशन पाएपछि


  • जन संचार
  • शुक्रबार, ८ पुष २०७९
  • 13.6K
    Shares

प्रश्न गर्न जान्नोस जुनसुकै जवाफ दिन्छ च्याट जिपिटले

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को एआई च्याटबट ‘च्याटजीपीटी’ को प्रयोगकर्ताको संख्या द्रुतगतिमा बढिहरहेको छ ।

यसले तपाईंले अनुरोध गर्नु भयो भने रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पुरा गर्न तथ्य खोज्नेसम्म काम गर्नसक्छ । आफ्नो इमेल र फोन नम्बरमा प्राप्त हुने ओटीपी कोडबाट सजिलै साइनअप गरेपछि चलाउन सकिन्छ ।

ओपन एआई कम्पनीले विकास गरको अद्भूत ‘च्याटबट’ ३० नोभेम्बरमा सार्वजनिक भएको च्याट-जीपीटी विश्वभर चर्चामा छ ।

च्याट-जीपीटीको विकासकर्ता ‘ओपन एआई’ प्रविधि क्षेत्रमा कार्यरत इलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानको कम्पनी हो, जसले मेसिन थिंकिङसँग सम्बन्धित ड्याल–ई र ड्याल–ई २ प्रविधिलाई विश्वमाझ ल्याएको थियो । जसमा मान्छेले दिएको निर्देशनअनुसार सोचे अनुरुपको मौलिक चित्र बनाउन सक्ने फिचर छ ।

यही कम्पनीले तीन हप्ताअघि च्याट-जीपीटीको प्रारम्भिक रुप अर्थात प्रोटोटाइप सार्वजनिक गरेको हो । यो प्रविधिले च्याटबटकै रुपमा निबन्ध र नाटकहरु लेख्नेदेखि व्यक्तिगत विवरण (सीभी)सम्म बनाउन सक्छ ।

यसले धेरै कुरा सामान्य मानिसले लेखे जस्तै लेख्छ । तपाईंले सोध्नु भएको र माग्नु भएको कुनै पनि विषयका सूचना र जानकारी खाजेर रचनात्मक ढंगले पस्किन्छ ।

यसलाई तपाईं चुट्किला लेख्न पनि भन्नसक्नुहन्छ, आवश्यक पर्दा प्रेम गीत पनि । यसले हरेक पटक ओरिजिनल कन्टेन्ट बनाएर तपाईंलाई सुन्तुष्ट बनाउन प्रयास गर्छ ।

मान्छेले सोध्ने प्रश्नको सटिक र रोचक जवाफ दिनु नै यसको मूल विशेषता हो । यसले रेडियो र टेलिभिजनका स्क्रिप्ट लेख्नेदेखि कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्छ ।

यसले घरपरिवार र साथीभाइलाई पठाउन सकिने सन्देश समेत लेखिदिनसक्छ । यसले चिया कफीदेखि परिकार बनाउने तरिकासमेत बताइदिनसक्छ ।

च्याट-जीपीटी कुराकानीमा आधारित संवाद मोडेल (च्याटबट) हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् मेसिन थिंकिङको सहायताबाट विस्तृत रुपमा टेक्स्ट लेखेर प्रश्नहरुको जवाफ दिन दिन्छ ।

यो मान्छेजस्तै भाषामा जवाफ लेख्न सक्षम छ । यो यसरी विकसित गरिएको छ कि हामीले मान्छेसँग कुराकानी गरेजस्तै प्रश्नहरुको जवाफ पाउन सक्छौं ।

यो कम्प्युटर प्रोग्रामिङ/कोडिङ, टिभी स्क्रिप्ट लेख्न र जटिल वैज्ञानिक अवधारणाहरु व्याख्या गर्न सक्षम छ । इन्टरनेटसहित विभिन्न स्रोतबाट संकलन भएको अर्बौं डेटा दिएर यसलाई उत्तर दिनसक्ने बनाइएको हुन्छ ।

भविष्यलाई प्रभावकारी प्रविधि

च्याट-जीपीटीका सीमाहरु भएपनि यो मेसिन लर्निङ भएकाले मानिससँग अन्तरक्रिया गर्दा समयसँगै अझ राम्रो हुँदै जाने अपेक्षा गरिएको छ ।

यसले कम्प्युटर प्रोग्रामिङलाई पनि सहज बनाउनेछ । आधारभूत कोडिङको ठूलो हिस्सा अब एआईको सहयोगमा सहज रुपमा गर्न सकिने भएको छ ।

भविष्यमा यो प्रविधिको प्रभाव शिक्षा क्षेत्रमा छिटो देखिने छ । अलमलिएका विद्यार्थीले जब च्याट-जीपीटीमा प्रश्न गर्नेछन्, उनीहरुले धेरै कुराको सजिलै उत्तरहरु पाउनेछन् ।

भारतका पूर्व केन्द्रीय मन्त्री सुरेश प्रभु र ऋषिहुड विश्वविद्यालयका कुलपति शोभित माथुरले भनेका छन्, ‘अब शिक्षक आफैं परिवर्तन हुनुपर्छ ।’ उनीहरुका अनुसार अहिलेसम्म गुगलजस्ता सर्च इन्जिनले मात्रै शिक्षकहरुलाई चुनौती दिएको थियो । अब च्याट-जीपीटी नै व्यक्तिगत शिक्षक बन्नसक्छ, जो सँधै विद्यार्थीसामु उपस्थित हुनसक्छ ।

यो च्याटबटले उपलब्ध सबै जानकारीको आधारमा निष्कर्ष निकाल्न सक्छ । यसले तथ्यसहित मान्छेहरुले दिने भन्दा बलियो तर्कहरु पेश गर्न सक्छ । यसका कारण कतिपय क्षेत्रमा रहेका हालको कार्यशैलीलाई भविष्यमा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

धेरै प्रविधिहरु पहिले अस्वीकृत हुन्छन्, शंका रहेपनि अन्तमा अनुमोदित पनि हुन्छन् । यस्तो अद्भूत फिचरसहित आएको च्याट-जीपीटी जस्ता एआई र मेसिन लर्निङ अब कम्प्युटर विज्ञान र इन्जिनियरिङ पाठ्यक्रम मात्र रहन सक्दैन ।

 

 

 

 

 

प्रतिक्रिया