बक्यौदा नतिरेको भन्दै ‘स्टार’ले ३२ च्यानल काटेपछि डिस होमले मन्त्रालयमा लेख्यो यस्तो उजुरी

बक्यौदा नतिरेको भन्दै ‘स्टार’ले ३२ च्यानल काटेपछि डिस होमले मन्त्रालयमा लेख्यो यस्तो उजुरी


  • जन संचार
  • बिहिबार, ७ पुष २०७९
  • 11.1K
    Shares

डिस होमले लेख्यो मन्त्रालयलाई चिठ्ठी

भारतीय टेलिभिजन स्टार इण्डियाले नेपालको डिसहोममा आफ्ना ३२ वटा च्यानलहरुको सेवा बन्द गरिदिएको छ ।

पटक-पटक ताकेता गर्दा पनि डिस होमले महिनौंदेखिको रकम भुक्तानी गर्न आनाकानी गरेको भन्दै स्टारले पुस ३ गते रातीदेखि स्टार प्याकेजका सबै च्यानलको सेवा बन्द गरिदिएको हो ।

सिग्नल काटिएपछि डिस मिडियाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी दिएको छ, जसमा आफूले ३ करोड ६ लाख भारतीय रुपैयां स्टार इण्डिया प्रा.लिलाई भुक्तानी गर्न बांकी रहेको स्वीकार गरेको छ ।

आफूले पुस १५ भित्र रकम भुक्तानीको समय मागेको भए पनि विना सूचना सिग्नल काटेर भारतीय टीभी कम्पनीले दादागिरी देखाएको भन्दै विदेशी च्यानललाई गरिने भुक्तानीसम्बन्धी नीति परिवर्तन गर्न माग गरेको छ ।

नेपालमा स्टारसहित सोनी, कलर्स लगायतका च्यानलहरुको प्याकेज बिक्री हुँदै आएको छ, जसबापत भारतीय च्यानलहरुले वर्षमा अर्बौं रुपैयाँ नेपालबाट लगिरहेका छन् ।

डिस मिडिया नेटवर्कले यसैवर्षको अन्त्यसम्ममा सर्वसाधारणलाई प्राथमिक सेयर जारी गर्ने तयारी गरिरहेको छ । तर, पछिल्ला केही महिनायता बिभिन्न बिदेशी कन्टेन्ट निर्मातासँग उसको भुक्तानीसम्बन्धी बिबाद चर्किरहेको छ ।

सुचना तथा सन्चार मन्त्रालयलाई डिस होमको चिठ्ठी
सुचना तथा सन्चार मन्त्रालयलाई डिस होमको चिठ्ठी

 

प्रतिक्रिया