कोरोनाभाइरस शवबाट पनि सर्न सक्ने वैज्ञानिकहरुको निष्कर्ष

कोरोनाभाइरस शवबाट पनि सर्न सक्ने वैज्ञानिकहरुको निष्कर्ष


  • जन संचार
  • शुक्रबार, १ पुष २०७९
  • 10.8K
    Shares

तीन वर्षअघि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस शवबाट पनि सर्न सक्ने वैज्ञानिक अनुसन्धानहरूले देखाएका छन्।

द न्युयोर्क टाइम्सका अनुसा जापानको चिबा विश्वविद्यालयका अनसन्धानकर्ताले हालै गरेका अनुसन्धानमा संक्रिमतको मृत्यु भएपछि निकै दिनसम्म पनि कोरोना भाइरसका जिवाणु शवमा रहने र त्यहीँबाट अरूलाई सर्ने देखिएको हो।

कोरोना संक्रमितको मृत्यु भएपछि सुरूमा निकै सावधानीका साथ अन्त्येष्टि गरिन्थ्यो। जापान सरकारले अन्तिम संस्कारमा निकै कडा निर्देशिका बनाएको थियो।

गत मेमा सरकारले उक्त निर्देशिका संशोधन गर्दै संक्रिमतको मृत्यु भएपछि आफन्तहरूले शवलाई हेर्न र छुन दिने व्यवस्था गरेको थियो।

अनुसन्धानकर्ताहरूले भने कोरोना संक्रमणबाट मृत्यु भएका ११ जनामध्ये ६ जनाको शवमा १३ दिनसम्म पनि कोरोनाभाइरसका जिवाणु भेटिएको बताएका छन्।

‘केही देशमा संक्रमितको मृत्यु भएपछि कसैले खासै ध्यान दिदैन र कतिले त शव घरमा पनि लैजान्छन्,’ अनुसन्धानमा संलग्न चिवा विश्वविद्यालयका हिसाको सैतोहले भने,‘कोरोना शवबाट पनि सर्न सक्छ भन्नेमा आममानिसले पनि थाहा पाइराख्न जरूरी छ।’

कोरोनाभाइरसबाट अहिलेसम्म संसारभरि ६५ करोड ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ६६ लाख मानिसहरूले ज्यान गुमाएका छन्।

पछिल्लो चीन, दक्षिण कोरियालगायत मुलुकमा दैनिक दशौं हजार मानिस कोरोना संक्रमित भइरहेका छन्।

प्रतिक्रिया