नेपाल वायुसेवा निगमका क्याबिन क्रु संघ आन्दोलित, उडान प्रभावित यात्रु अलपत्र

नेपाल वायुसेवा निगमका क्याबिन क्रु संघ आन्दोलित, उडान प्रभावित यात्रु अलपत्र


  • जन संचार
  • बिहिबार, २९ मंसिर २०७९
  • 3.7K
    Shares

क्याबिन क्रुको आन्दोलनले निगमको उडान प्रभावित

नेपाल वायुसेवा निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा  करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बिहीबार क्याबिन क्रुले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो ।

निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

 

प्रतिक्रिया