कतारमा जारी विश्वकपमा फ्रान्सद्वारा मोरक्को पराजित : अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल हुने

कतारमा जारी विश्वकपमा फ्रान्सद्वारा मोरक्को पराजित : अर्जेन्टिना र फ्रान्सबीच फाइनल खेल हुने


  • जन संचार
  • बिहिबार, २९ मंसिर २०७९
  • 23.2K
    Shares

अन्तत: कतारमा जारी विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग फाइनल खेल खेल्ने भएको छ । अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्सले अर्जेन्टिनासंग फाइनल खेल तय गरेको हो।

हालसम्म दुई पटक फाइनल सम्म पुग्न सफल फ्रान्सले मोरक्कोलाई गएराती भएको अन्तिम सेमीफाइनल खेलमा २–० गोल अन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।

अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सका तर्फबाट खेलको पाँचौं मिनेटमा हर्नान्डेजले पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए भने मुआनीले ७९औं मिनेटमा दोश्रो गोल गरेका थिए । मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै फ्रान्सका लागि विजयी गोल गरेका थिए ।

फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बन्यो ।

यससँगै फ्रान्स सन् १९९८ पछि चौथो पटक विश्वकप फाइनल पुगेको हो । त्यसयता २००६, २०१८ मा फाइनल पुगेको थियो ।

विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि सनिबार क्रोएसियासँग खेल्नेछ।

प्रतिक्रिया