कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का बर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का बर्षाको सम्भावना


  • जन संचार
  • शनिबार, ५ कार्तिक २०७९
  • 2.7K
    Shares

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का बर्षा

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया