महिला साफ च्याम्पियनसिप : नेपालद्वारा भारत पराजित, भारत फाइनलमा जानबाट रोकियो

महिला साफ च्याम्पियनसिप : नेपालद्वारा भारत पराजित, भारत फाइनलमा जानबाट रोकियो


  • जन संचार
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 3.1K
    Shares

नेपालद्वारा भारत पराजित

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई १–० को अन्तरमा बिजयी भएको हो।

हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रिती राईको पासमा उनले निर्णायक गोल गरिन् ।

अब नेपालले उपाधिका लागि बंगलादेशसँग सोमबार खेल्नेछ ।

महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो र नेपालले भारतलाई पहिलो पटक फ़ाइनलमा जानबाट रोकिदिएको छ।

पाँच पटकको बिजेता भारतले पनि दोश्रो हाफमा गोलका लागि केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेन ।

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । यसअघि चार पटक नै नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया