जिनिस सोलुसन कम्पनीका सञ्चालक एबम एउटा आइटी कम्पनीका सिइओ प्रशन्न पोखरेल ललितपुरबाट प्रहरी नियन्त्रणमा परेका छन् ।
प्रहरीका अनुसार पोखरेलले कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्याएर डाटा नष्ट गरी हानी नोक्सानी पुर्याउने गर्थे।
जिनिस कम्पनीले सुन्दर ग्रुप अफ कम्पनी प्रालिलाई वेब पोर्टल र डेटालाई होस्टिङ सर्भिस लगायतको सुविधा प्रदान गर्दै आएको थियो। त्यसै क्रममा जिनिसले अनधिकृत रूपमा होस्टिङ अकाउन्टमा प्रवेश गरी डेटाहरू नष्ट गरेको हो। त्यसपछि सुन्दर ग्रुपले साइबर ब्युरोमा जाहेरी दिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा पोखरेलको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट तीन दिन म्याद थपेर अनुसन्धान भइरहेको जनाइएको छ।